रावा इनर्जीको शेयरमा नकारात्मक सर्किट, अन्य कुन कम्पनीले कति गुमाए ?
२७ असार २०८०, बुधबार १५:१५

काठमाडौं । साता कारोबारको चौंथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । अघिल्लो दिन ४ अंकले घटेको शेयर बजार आज २५.३१ अंकले बढेर २०९७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार दोहोरो अंकले बढेतापनि रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य ४० रुपैयाँले घटेर ३६१ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज नेपाल फाइनान्स, समृद्धि फाइनान्स, गु्रहेश्वरी मर्चेन्ट बैंक, सेन्ट्रल फाइनान्स लगायत अन्य केही कम्पनीहरुको शेयरमूल्य घटेको छ ।













