आशा र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोबारको मिति तय

२८ असार २०८०, बिहीबार १०:३०

काठमाण्डौ । राष्ट्र उत्थान र आशा लघुवित्तको एकीकृत कारोबारको मिति तय भएको छ । आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरी यही असार ३१ गतेबाट आशा लघुवित्त वित्तीय संस्थाकै नामबाट एकीकृत कारोबार सुरु गरिने भएको हो ।

नेपाल राष्ट्र बैंकले गत असार २२ गते राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो । यसअघि गत जेठ २३ गते नेपाल राष्ट्र बैंकले आशा र राष्ट्र उत्थान लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

आशा लघुवित्त नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडानम्बर ६ मदानपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न जिल्लामा ५५ वटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको संस्था हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*