सात नयाँ ब्रोकर कम्पनीको कारोबार आजबाट शुभारम्भ, लगानीकर्ता उत्साहित

२८ असार २०८०, बिहीबार १५:४७

काठमाडौं । सात नयाँ ब्रोकरले आजबाट कारोबार शुभारम्भ गरेको छ। नेप्सेबाट कारोबारको स्वीकृती पाएका कम्पनीहरुले आजबाट कारोबार शुभारम्भ गर्न सुरु गरेको हो ।

सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्डले आज कारोबार शुभारम्भ गरेका हुन् ।नयाँ ब्रोकरको कारोबार सुरू भएसँगै लामो समयदेखिको लगानीकर्ताहरू उत्साहित देखिएका छन् । सेयर लगानीकर्ताहरूले विगत लामो समयदेखि नयाँ ब्रोकरको माग गर्दै आएका थिए । नयाँ याँ सात ब्रोकर कम्पनीले एकैपटक कारोबार शुभारम्भ गरेसँगै सेयर बजारका लागि एउटा नयाँ युगको सुरूवात  भएको लगानीकर्ताहरु बताँउछन् ।

नेप्सेको सिस्टमसँग जोडिएर गत सोमबारदेखि ती नयाँ ब्रोकरले मक ट्रेडिङ गरिरहेका थिए। मक ट्रेडिङमा कुनै समस्या नदेखिएपछि आजबाट ती ब्रोकरले पूर्ण रुपमा कारोबार सञ्चालन गरेको नेप्सेको एक अधिकारीले जानकारी दिएको छ।

नेप्सेले सन सेक्युरिटिललाई ब्रोकर नं. ६४, हिमालयन ब्रोकरेजलाई ब्रोकर नं. ६३, मियो सेक्युरिटिजलाई ब्रोकर नं.६६, सेयरप्रोलाई ब्रोकर नं. ६५, भोले गणेशलाई ब्रोकर नं. ६१, क्यापिटल म्याक्सलाई ब्रोकर नं. ६२ र प्रोपर्टी विजार्डलाई ब्रोकर नं. ६७ प्रदान गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*