नबिल बैंकले साउनमा असार महिनाकै ब्याजदर लागु गर्ने, कुन खातामा कति छ ब्याजदर ?

३१ असार २०८०, आईतवार १०:२५

काठमाडौं । नबिल बैंकले साउन महिनामा पनि असार महिनाको ब्याजदर लागु गर्ने भएको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो

बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । साथै, बैंकको रेमिट्यान्स खातामा भने ८.४० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*