एनएमबि बैंकले साउनमा असार महिनाकै ब्याजदर लागु गर्ने, कुन खातामा कति छ ब्याजदर ?

३१ असार २०८०, आईतवार १०:५९

काठमाडौं । एनएमबि बैंकले असार महिनाको ब्याजदरलाई नै साउन महिनामा लागु गर्ने भएको छ । बैंकले साउन १ गतेदेखि लागु हुनेगरी ब्याजदर सार्वजनिक गरेको हो ।

बैकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० र अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।

बैंकले मुद्दति निक्षेपमा भने संस्थागत तर्फबाट ७.९९ र ब्यक्तिगत तर्फबाट ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा भने १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*