ब्याजदर निर्धारण गर्ने भद्र सहमती तोडिएसँगै कुनले घटाए, बढाए र स्थीर राखे ? बैंकर्स संघलाई चेतावनी दिएको एनआईसी एशिया बैंकले के गर्ला ?

३१ असार २०८०, आईतवार १२:२०

काठमाडौं । ब्याजदर निर्धारण गर्ने भद्र सहमती तोडिएसँगै बैंक तथा वित्तिय संस्थाहरुले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । केही बैंक तथा वित्तीय संस्थाहरुले साउन महिनामा लागू हुने ब्याजदर आज सार्वजनिक गरेका छन्।केही वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले साउनमा लागू हुने ब्याजदर सार्वजनिक गरेका हुन्। साउनमा वाणिज्य बैंकहरु आफैँले ब्याजदर निर्धारण गरेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनले घटाउने निर्णय गरेका छन्।

आज सार्वजनिक गरेका धेरैजसो वाणिज्य बैंकहरुले घटाएर मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् भने केहीले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन्।साउन १ गतेबाट लागू हुने निक्षेपको ब्याज दर बैंकहरुले निर्धारण् गरेको छ। सबैको एउटै ब्याज दर हुँदै आएकोमा साउनबाट फरक फरक देखिने भएको छ।

कारण बैंकर्स संघको गत साताको ब्याजदरको सिण्डकोट तोड्ने भएको हो । आज सार्वजनिक गरेको ब्याजदर अनुसार आधाभन्दा बढी बैंकले घटाएका छन् भने केहीले स्थिर राखेका छन्। केही बैंकले भने ब्याज दर बढाएका छन्।मुद्दतीमा बैंकहरुले कम्तिमा ९.४९ प्रतिशत ब्याज दिने छ। बचतमा बैंकले ५.९० देखि ७.९० प्रतिशतसम्म ब्याज दिने छ।

ब्याज बढाउनेमा प्राइम कमर्सियल, एनएमबि र कुमारी बैंक पनि छन्। प्राइमले बचतको ५.९३ देखि ७.९३ प्रतिशतसम्म ब्याज दिने छ। मुद्दतीमा बैंकले १०.९३ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ।एनएमबि बैंकले मुद्दतीमा फरक–फरक अवधिको ब्याज दर तोकेको छ। कम्तिमा ९ देखि अधिकतम १०.९८ प्रतिशतसम्म ब्याज दिने छ। बचतमा बैंकले ५.९८ दिख ७.९८ प्रतिशतसम्म ब्याज दिने छ। सार्वजनिक ब्याजमध्ये एनएमबिले धेरै दिने घोषणा गरेको हो।

बाँकी १८ बैंकमध्ये कुमारी बैंकले अधिकतम १०.०१ प्रतिशत ब्याज दिने छ। न्यूनतम ९.९९ प्रतिशत ब्याज दिने छ। बचतमा ५.४ देखि ७.४ प्रतिशत ब्याज दिने छ।१० वटा बैंकले घटाएका छन्। राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल एसबीआइ बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ, सानिमा, नेपाल बैंक, कृषि विकास बैंकले घटाएका छन्।

घटाउने दर पनि फरक–फरक छ। जस्तो राष्ट्रिय वाणिज्य बैंकले ८.९९ प्रतिशतमा मुद्दतीको ब्याज दर झारेको छ। प्रभुले मुद्दतीमा अधिकतम ८.९९ प्रतिशत दिने भएको छ।एसबीआइले ९.१ प्रतिशत, माछापुच्छ्रेले ९, एभरेष्टले ९, स्ट्यान्डर्ड चार्टर्डले ९.९५ प्रतिशत, सिद्धार्थ ९.५ प्रतिशत, सानिमा ९.५२ प्रतिशत, नेपाल बैंक ८.९९ प्रतिशत, कृषि विकास बैंक ९.५१ प्रतिशतमा झारेको छ।हिमालयन, ग्लोबल आइएमइ, लक्ष्मी सनराइज, सिटिजन्स बैंकले स्थिर राखेका छन्।

मुद्दति निक्षेपतर्फ सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, कुमारी बैंक, कृषि विकास बैंक र प्रभु बैंकले ब्याजदर घटाएका छन्। जसअनुसार सिद्धार्थ व्यक्तिगततर्फ अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर कायम गरेको छ।
यसैगरी राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ अधिकतम ८.९९ प्रतिशत र संस्थागततर्फ ६.९९ प्रतिशत, सानिमाले ९.५२ प्रतिशत र ७.५२ प्रतिशत तथा कुमारी बैंक र कृषि विकास बैंकले ९.५१ प्रतिशत र ७.५१ प्रतिशत तथा प्रभु बैंकले ९.५ प्रतिशत र ७.५ प्रतिशत कायम गरेको छ।

नबिल, एनएमबि, नेपाल एसबीआई र हिमालयन बैंकले असारकै ब्याजदरलाई साउनमा निरन्तरता दिएका छन्। उनीहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकत ९.९९ प्रतिशत र संस्थागतमा ७.९९ प्रतिशत दिने भएका छन्।
वाणिज्य बैंकहरुले ब्याजदर परिर्वतन गरेसँगै विकास बैंकले पनि परिर्वतन गरेको छ । विकास बैंकहरुले सम्रगमा ०।५० प्रतिशतका दरले बढाएको महालक्ष्मी विकास बैंकका सिईओले बीमापोष्टलाई जानकारी दिएका छन् ।
साउनको ब्याजदर सार्वजनिक गरेका केही विकास बैंकहरुले संस्थागत मुद्दति निक्षेपमा अधिकतममा ८.१० प्रतिशत र व्यक्तिगत म्द्दति निक्षेपमा १०.१० प्रतिशत कायम गरेका छन्।असारमा राष्ट्रियस्तरका विकास बैंकहरुले संस्थागत मुद्दति निक्षेपमा अधिकतममा ८.६० प्रतिशत र व्यक्तिगत मुद्दति निक्षेपमा १०.६० प्रतिशत ब्याज दिएका थिए।

असारमा संस्थागत मुद्दति निक्षेपमा अधिकतममा ८.८५ प्रतिशत र व्यक्तिगत मुद्दति निक्षेपमा १०.८५ प्रतिशत ब्याज दिइरहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*