विन नेपाल लघुवित्तको संस्थापक शेयर बिक्रीमा, आवेदन कहाँ दिने ?
३१ असार २०८०, आईतवार १३:२५

काठमाडौं । विन नेपाल लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।
विद्यमान संस्थापक शेयरधनीहरुले सो शेयरमा सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रीय कार्यालय, बनेपा १३ साँगामा आफुले खरिद गर्ने शेयर कित्ता व्याहोरा खुलाई आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा खण्डमा सो शेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ ।











