शिवम् सिमेन्ट र हिमालयन लाइफमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार

३१ असार २०८०, आईतवार १५:०५

काठमाडौं । साता कारोबारको पहिलो कारोबारको दिन अर्थात आईतबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १२.१६ को अंकले बढेर २०९७ को बिन्दुमा कायम भएको छ ।

आईतबार शेयर बजार सामान्य अंकले बढेसँगै शिवम सिमेन्टको शेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको १९ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

आज हिमालयन लाइफ इन्स्योरेन्सको शेयर प्रतिकित्ता ५०६ रुपैयाँका दरले १५ करोड रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज माउण्टेन इनर्जी नेपाल, हिमालयन एभरेष्ट इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स लगायत अन्य कम्पनीहरुको शेयर कारोबार सर्वाधिक भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*