एनआईसी एशिया बैंकको लेखापरिक्षण समिति पुनर्गठन

१ श्रावण २०८०, सोमबार १२:०४

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लेखापरिक्षण समिति पुनर्गठन गरेको छ । बैंकले साउन १ गतेदेखि लागु हुने गरी लेखा परिक्षण समिति पुनर्गठन गरेको हो ।

बैंकले लेखापरिक्षण समितिको संयोजकमा सञ्चालक केशव प्रसाद लम्साललाई नियुक्त गरेको छ । त्यस्तै, सञ्चालक त्रिलोक चन्द अग्रवाललाई सदस्य र प्रमुख आन्तरिक लेखापरिक्षण कमल खड्कालाई सदस्य सचिवमा नियुक्त गरेको छ ।

बैंकको असार २३ गते बसेको सञ्चालक समितिको निर्णयले साउन १ गतेदेखि लागु हुने गरी लेखापरिक्षण समिति पुनर्गठन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*