बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
३ श्रावण २०८०, बुधबार १०:३४

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीको असार २ गते बसेको सञ्चालक समितिले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। कम्पनीले हकप्रद शेयर शेयर निष्काशन मार्फतको रकमले बैंक कर्जा चुक्ता गर्ने जनाएको छ ।
कम्पनीले हकप्रद शेयर निष्काशनको प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेश गर्ने भएको छ । कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपश्चात र धितोपत्र बोर्डले अनुमति प्रदान गरेपश्चात हकप्रद निष्काशन गर्ने छ ।












