वाणिज्य बैंकको मुनाफा ६७ अर्बमाथि, नबिल र ग्लोबल अग्रस्थानमा, एनआईसी एशियालाई उछिन्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक टप थ्रीमा

काठमाडौं । वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुले सो मात्रामा मुनाफा आर्जन गर्न सफल भएको छ।
यस त्रैमासमा सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने बैंक नबिल बैंक बनेको छ। नबिल बैंकले ७ अर्ब ११ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ।दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले ६ अर्ब ५० करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।
तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले यस त्रैमासको अवधिसम्ममा ४ अर्ब ७६ करोड खुद नाफा आर्जन गर्न सफल भएको ।
एनआईसी एसिया बैंकको ४ अर्ब ६३ करोड रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४७ करोड खुद नाफा गरेको छ ।यस अवधिमा सबैभन्दा कम नाफा कृषि विकास बैंकको रहेको छ । कृषि विकास बैंकले १ अर्ब ५६ करोड खुद नाफा गरेको छ भने सनराइज बैंकले १ अर्ब ५९ करोड खुद नाफा कमाएको छ ।
त्यस्तै सिटिजन्स बैंकको खुद नाफा १ अर्ब ६८ करोड, माछापुच्छ्रे बैंकको खुद नाफा १ अर्ब ६८ करोड, तथा लक्ष्मी बैंकको खुद नाफा १ अर्ब ६८ करोड रहेको छ । हाल सनराइज बैंक र लक्ष्मी बैंक भने एक आपसमा मर्ज भएर एकिकृत कारोबार गरिसकेका छन् ।













