एनआइसी एशिया बैंकले ल्यायो ‘मुद्दती खाता कर्जा’, अनलाइनबाटै दुई लाख रुपैयाँसम्मको कर्जा तुरुन्तै पाइने

३ श्रावण २०८०, बुधबार १३:३४

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ मुलुकको बैंकिङ्ग क्षेत्रमा उत्कृष्ट सेवा तथा योजनाहरू ल्याइरहेको एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा ‘अनलाइन लोन अगेन्स्ट फिक्स डिपोजिट’ नामको अर्को एक उत्कृष्ट योजना ल्याएको छ ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले बैंकको वेबसाईटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ र यसपछि ग्राहक महानुभावहरूले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि २ लाख रुपैयाँसम्मको कर्जाको लागि आवश्यक विवरण भरेपछि ओटीपी कोड प्राप्त हुनेछ ।  अब उक्त ओटीपी कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहकहरुको खातामा तुरुन्तै जम्मा हुने बैंकले जनाएको छ ।

साथै, यस योजनमार्फत २ लाख रुपैयाँ भन्दा माथिको कर्जाको हकमा भने लागि ग्राहकले डिजिटल फर्म भरेर यस बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रकृया पूरा गरेपछि कर्जा प्राप्त गर्न सक्नुहुनेछ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५१९ एटिएम, १११ वटा विस्तारित काउण्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*