सानिमा बैंकको ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको जानकारी अनलाइनबाटै लिन सकिने

५ श्रावण २०८०, शुक्रबार १७:१७

काठमाडौं । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको जानकारी अनलाइन बाटै लिन मिल्ने सुविधाको सुरुवात गरेको छ ।उक्त बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेट को आधिकारिकता सोही ब्यालेन्स सर्टिफिकेटमा उल्लेखित क्यू आर स्क्यान गरेर तथा बैंकको आधिकारिक वेभसाइटबाट लिन सकिने भएको छ ।

साथसाथै बैंकले गुड फर पेमेन्ट चेक को अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ । सो गुड फर पेमेन्ट चेकको आधिकारिकता बैंकको वेभसाइटबाट लिन सकिने बैंकले जनाएको छ ।
यो सुविधा सञ्चालनमा ल्याएसँगै नक्कली ब्यालेन्स सर्टिफिकेट र नक्कली गुड फर पेमेन्ट चेकहरुबाट ग्राहकहरुलाई सुरक्षित राख्न सकिने विश्वास बैंकले राखेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*