नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको बोनस शेयर सूचीकृत
९ श्रावण २०८०, मंगलवार १२:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार मनकामना स्मार्ट लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
संस्थाको ४.७५ प्रतिशत बराबरको ६७ हजार ३२९.११ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गरेको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
संस्थाको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्म भएपश्चात दोस्रो बजारमा कारोबार हुने छ ।












