नेप्सेमा एनएमबि लघुवित्तको बोनस शेयर सूचीकृत
१० श्रावण २०८०, बुधबार १७:०९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । बुधबार एनएमबि लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
संस्थाको १० प्रतिशत बराबरको ६ लाख ५५ हजार ८६२.८६२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गरेको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
संस्थाको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्म भएपश्चात दोस्रो बजारमा कारोबार हुने छ ।












