सिटिजन, रिलायबल र सन नेपाल लाइफको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

१० श्रावण २०८०, बुधबार १८:२८

काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् ।

रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमोे आवेदन दिने आज अन्तिम दिनमा (साउन १० गते) साझ ५ः४ बजेसम्ममा २७ हजार ९१३ जनाबाट २० लाख ११ हजार ८८० कित्ता बराबर ५१ करोड ७० लाख रुपैयाँको आवेदन परेको छ ।

सन नेपाल लाइफ
सन नेपाल लाइफको आईपीओमा अहिलेसम्म सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन १० गते) साझ ५ः४ मिनेटसम्ममा २१ हजार १२५ जनाबाट १३ लाख ४७ हजार ८१० कित्ता बराबर ३२ करोड २२ लाख १२ हजार रुपैयाँको आवेदन परेको छ ।

सिटिजन लाइफ

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन १० गते) साझ ५ः४ बजेसम्ममा २२ हजार ६६८ जनाबाट १५ लाख ८६ हजार ७०० कित्ता बराबर ३८ करोड ७१ लाख ५४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*