२५ लाख रुपैयाँ भन्दा माथि कर्जा प्रवाह गर्नुपरे प्यान अनिवार्य

१२ श्रावण २०८०, शुक्रबार १४:०१

काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त वित्तीलय संस्थाहरुलाई एकीकृत निर्देशीका जारी गरेको छ । बैंकले आज जारी गरेको निर्देशन २०७९मा केही संशोधन गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले छुट्टा छुट्टै वा एकमुुष्ट गरी ५० लाख रुपैयाँ वा सो भन्दा बढी रकम कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नुपरेमा त्यस्तो व्यक्तिसँग अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनु पर्ने भएको छ । यस भन्दा अगाडी यो व्यवस्था रहेको थिएन ।

साथै एकीकृत निर्देशनको निर्देशन नं ३ को वुदा नं ६ अनुसार ऋणी एउटै समूह अन्तर्गत पर्ने भएमा त्यस्तो समूहले २५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कर्जा लिएको अवस्थामा उक्त समूह अन्तर्गतको कुनै व्यक्तिलाई २५ लाख भन्दा कम रकमको कर्जा प्रवाह गर्नुपरेको अवस्थामा समेत अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने बैंकले जनाएको छ ।

त्यस्तै, एकीकृत निर्देशनको निर्देशन नं ३ को वुदा नं ६ अनुसार ऋणी एउटै समूह अन्तर्गत पर्ने भएमा त्यस्तो समूहले ५० लाख रुपैयाँ वा सो भन्दा बढी रकमको कर्जा लिएको अवस्थामा उक्त समूह अन्तर्गतको कुनै व्यक्तिलाई ५० लाख रुपैयाँ भन्दा कम रकमको कर्जा प्रवाह गर्नुपरेको अवस्थामा समेत अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने जारी निर्देशिकामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*