नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रमका आधार तय

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले आज आईतबार नीति तथा कार्यक्रम आफ्नो वेवसाईट मार्फत सार्वजनिक गरेको हो ।
बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रम अनुसार नेपाल सरकारको १५औं योजना समावेश भएका पुँजी बजार सम्बन्धि रणनीति तथा कार्यक्रम लागु गर्ने भएको छ । यसका साथै बोर्डले धितोपत्र सम्बन्धि प्रचलित ऐनका अतिरिक्त वस्तु विनिमय बजार ऐन र सम्पत्ति शुद्धीकरणसम्बन्धि ऐनमार्फत प्राप्त अधिकार तथा जिम्मेवारीलाई बहन गर्ने भएको छ ।
त्यस्तै, धितोपत्र बजार नियमन निकायहरुको अन्तराष्ट्रिय संस्था (आईओएससीओ) को सिद्धान्त तथा मापदण्ड र सार्क क्षेत्रका धितोपत्र बजार तथा सोको नियमन निकायको अभ्यास तथा बजार नियमनसम्बन्धि अन्तराष्ट्रिय अन्य सिद्धान्त र असल अभ्यास गर्ने प्रकाशित नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
धितोपत्र बजारको बर्तमान परिदृश्य र बजार विज्ञ, अध्ययन तथा अनुशन्धानकर्ता, लगानीकर्ता तथा सरकारवालापक्षहरुबाट बजार विकास तथा सुधार सम्बन्धि प्राप्त भएका राय तथा सूझावहरुलाई लागु गर्ने भएको छ ।












