हिमालयन लघुवित्तको खुद नाफामा ७८.५० प्रतिशतले गिरावट, खुद ब्याज आम्दानी र ईपीएस कति ?

काठमाडौं । हिमालयन लघुवित्तको खुद नाफा घटेको छ । संस्थाले प्रकाशित गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा ७८.५० प्रतिशतले घटेर १ करोड ५३ लाख रुपैयाँमा सीमित रहेको छ । गत आर्थिक वर्षकोे सोही अवधिसम्ममा लघुवित्तले ७ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा संस्थाको खुद ब्याज आम्दानी २४.५२ प्रतिशतले घटेर २० २३ लाख रुपैयाँ र खुद फि तथा कमिशन आम्दानी ९.०९ प्रतिशतले घटेर ६ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.४७ प्रतिशतबाट २.३७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ करोड ३२ लाख रुपैयाँ पुगेको प्रकाशित विवरणले देखाएको छ । असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६० लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरण योग्य मुनाफा १ रुपैयाँ ९१ पैसा रहेको छ ।
लघुवित्तको खुद नाफामा गिरावट आएसँगै प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८१ पैसा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको यस्तो आम्दानी २० रुपैयाँ १ पैसा रहेको थियो । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १५६.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८५ पैसा रहेको छ ।
३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १३ करोड ९६ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी १९.३१ प्रतिशत बढेको छ भने कर्जा लगानी १५.०८ प्रतिशत बढेको छ ।











