सूर्योदय वोमी लघुवित्तद्वारा राहत वितरण

१६ श्रावण २०८०, मंगलवार १६:४८

काठमार्डौं । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय बनगाई कपिलबस्तुद्वारा एक जना सदस्यलाई राहत रकम प्रदान गरिएको हो ।

सावित्रा सुनारको श्रीमानको गत जेठ महिनामा मृत्यु भएको पुष्टी गर्दै बीमा राहत रकम प्रदान गरिएको हो । बाणगंगा नगरपालिका–७ बनगाई शाखास्थित खुटेली गाउँमा सोही वडाका वडा सदस्य बुद्धु थारु मार्फत एक कार्यक्रम गरी मृतककी श्रीमतीलाई तीस हजार बीमा राहत प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा स्थानीय भद्र भलाद्मी, बनगाई शाखाका शाखा प्रमुख, कर्मचारी लगायत १८ जनाको उपस्थितिमा हालको अवस्थाले वित्तीय प्रभावबारे जानकारी गराउदै त्यस्ता समस्याहरु बाट जोगिन सल्लाह सुझाव दिदै शाखा प्रमुख दिपक महराले कार्यक्रम समापन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*