कर्णाली डेभलपमेन्टको बैंकको अधिकांश सूचकमा प्रगति, ईपीएस कति ?

१८ श्रावण २०८०, बिहीबार ११:३५

काठमाडौं । कणाली डेभलपमेन्ट बैंक लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । तथ्यांकअनुसार ऋणात्मक रहेको सो बैंकको खुद नाफा गत आवमा वृद्धि भई धनात्मक भएको छ ।

गत आवमा बैंकले असार मसान्तसम्ममा ४ करोड ४३ लाख खुद नाफा प्राप्त गरेको छ । जुन अघिल्लो वर्षमा ३ करोड ७९ लाख मात्र थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८२।४५ प्रतिशतले बढेको छ । त्यस्तै, खुद फी तथा कमिशन आम्दानी भने ६।३३ प्रतिशतले घटेको छ ।

बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६७।८६ प्रतिशतले बढेको छ । उक्त अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४ करोड ९३ लाख रुपैयाँ भएको तथ्यांकले देखाएको छ ।

खुद ब्याज आम्दानी बढेपछि बैंकको खुद नाफा पनि बढेर धनात्मक भएको हो । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ । अघिल्लो आर्थिक वर्षमा ७ रुपैयाँ ५४ पैसा ऋणात्मक भएको सो बैंकको आम्दानी गत आर्थीक वर्षमा ८ रुपैयाँ ८१ पैसा धनात्मक भएको तथ्यांकले देखाएको छ ।

बैंकको असार मसान्तसम्मा मूल्य आम्दानी अनुपात ४४।५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४३ पैसा रहेको तथ्यांकले जनाएको छ । त्यस्तै, ५० करोड २८ लाख रुपैयाँ चुक्ता पुँजि रहेको बैंकको जगेडा कोषमा १० करोड २७ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप २।८५ प्रतिशत बढेको छ भने कर्जा लगानी ३।३४ प्रतिशतले बढेकोे छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*