पाँच वाणिज्य र विकास बैंकमा कुन अब्बल, कसले कमायो सबैभन्दा धेरै ? (तथ्यांक सहित)

१८ श्रावण २०८०, बिहीबार १६:४७

काठमाडौं । हालसम्म ५ वाणिज्य बैंक र विकास बैंकहरुले चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् ।नियामकीय निकाय नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार यी बैंकहरुले तोकेको अवधिमा वित्तिय विवरण सार्वजनिक गरेका हुन्

।बैंकहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार माछापुच्छे बैंक, सिटिजन्स बैंकको मुनाफामा सुधार देखिएको छ।विकास बैंकतर्फ लुम्बिनी विकास बैंक र कामना सेवा बैंकको मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा घटेको देखिएको छ।

सिटिजन्स बैंक
सिटिजन्स बैंक लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको तुलनामा सामान्य बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले खुद नाफा बढेको देखिएको हो ।

बैंकले गत आर्थिक वर्षको तुलनामा खुद नाफा आर्जन १०.४१ प्रतिशतले बढाएर असार मसान्तसम्ममा २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ पुर्याएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा २ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशत बढाएर ५ अर्ब ८५ करोड रुपैयाँ पुर्याउन सफल भएको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १०.७९ प्रतिशतले बढेर ६ अर्ब ९३ करोड रुपैयाँ र सञ्चालन मुनाफा १३.४२ प्रतिशत बढेर ३ अर्ब ७ करोड रुपैयाँ पुुगेको छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १२ पैसा रहेको थियो । हाल बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४७ पैसा बढेर १५ रुपैयाँ ५९ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ८ पैसा रहेको छ ।

समिक्षा अवधिमा बैकको चुक्ता पूँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ७ अर्ब ११ करोड २० लाख रुपैयाँ सञ्चित छ । बैंकले सो अवधिसम्ममा १ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको प्रकाशित विवरणले देखाएको छ ।

बैंकहरुले चौथौ त्रैमासमा सार्वजनिक गरेको वित्तिय सूचक र यस्को अवस्था

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंक लिमिटेडले १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको अघिल्लो आर्थिक वर्षको चौथौं त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ९.७५ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४३ प्रतिशत बढेर ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । खुद फि तथा कमिशन आम्दानी ३.१७ प्रतिशत घटेर १ अर्ब १२ करोड रुपैयाँमा सीमित रहेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ८.३२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९.९१ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.०४ प्रतिशतबाट २.१२ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ८२ करोड रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६० पैसा बढेर १८ रुपैयाँ ५ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.८४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ १० पैसा रहेको छ।

१० अर्ब २५ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ६.३१ प्रतिशत बढेको छ भने कर्जा लगानी १.६४ प्रतिशत घटेको छ ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कुनै लाभांश वितरण नगरेको यस बैंकको लाभांश क्षमता, गत आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिशेयर १५ रुपैयाँ २९ पैसा अर्थात १५.२९ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १६२.६६ प्रतिशत बढेर १ अर्ब ५६ करोड ८७ लाख पुगेसँगै बैंकको लाभांश क्षमता पनि बढ्न पुगेको हो ।

लुम्बिनी विकास बैंक
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको तुलनामा सामान्य प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा घटेको देखिएको हो ।

समिक्षा अवधिमा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलना ३.८८ प्रतिशतले घटेर ६१ करोड २४ लाख रुपैयाँमा सीमित रहेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २२.३१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड रुपैयाँ र सञ्चालन आम्दानी १९.५८ प्रतिशते बढेर २ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ७.७० प्रतिशत घटेर ८६ करोड ९३ लाख रुपैयाँमा सीमित रहेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ९४ करोड १९ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको थियो । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको प्रकाशित विवरणले देखाएको छ ।
बैंकले समिक्षा अवधिसम्ममा ४९ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको प्रकाशित विवरणले देखाएको छ । असार मसान्तसम्ममा ३ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पूँजी निर्माण गरेको छ ।

बैंकको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घट्न पुगेको छ । समिक्षा अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३० पैसा घटेर १८ रुपैयाँ ११ पैसा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४० पैसा रहेको थियो ।

कामना सेवा विकास बैंक
लुम्बिनी विकास बैंक लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको तुलनामा सामान्य प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा घटेको देखिएको हो ।

समिक्षा अवधिमा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलना ३.८८ प्रतिशतले घटेर ६१ करोड २४ लाख रुपैयाँमा सीमित रहेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २२.३१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड रुपैयाँ र सञ्चालन आम्दानी १९.५८ प्रतिशते बढेर २ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ७.७० प्रतिशत घटेर ८६ करोड ९३ लाख रुपैयाँमा सीमित रहेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ९४ करोड १९ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको थियो । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको प्रकाशित विवरणले देखाएको छ ।
बैंकले समिक्षा अवधिसम्ममा ४९ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको प्रकाशित विवरणले देखाएको छ । असार मसान्तसम्ममा ३ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पूँजी निर्माण गरेको छ ।

बैंकको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घट्न पुगेको छ । समिक्षा अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३० पैसा घटेर १८ रुपैयाँ ११ पैसा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४० पैसा रहेको थियो ।

कर्णाली डेभलपमेन्ट बैंक

कणाली डेभलपमेन्ट बैंक लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । तथ्यांकअनुसार ऋणात्मक रहेको सो बैंकको खुद नाफा गत आवमा वृद्धि भई धनात्मक भएको छ ।

गत आवमा बैंकले असार मसान्तसम्ममा ४ करोड ४३ लाख खुद नाफा प्राप्त गरेको छ । जुन अघिल्लो वर्षमा ३ करोड ७९ लाख मात्र थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८२।४५ प्रतिशतले बढेको छ । त्यस्तै, खुद फी तथा कमिशन आम्दानी भने ६।३३ प्रतिशतले घटेको छ ।

बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६७।८६ प्रतिशतले बढेको छ । उक्त अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४ करोड ९३ लाख रुपैयाँ भएको तथ्यांकले देखाएको छ ।

खुद ब्याज आम्दानी बढेपछि बैंकको खुद नाफा पनि बढेर धनात्मक भएको हो । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ । अघिल्लो आर्थिक वर्षमा ७ रुपैयाँ ५४ पैसा ऋणात्मक भएको सो बैंकको आम्दानी गत आर्थीक वर्षमा ८ रुपैयाँ ८१ पैसा धनात्मक भएको तथ्यांकले देखाएको छ ।

बैंकको असार मसान्तसम्मा मूल्य आम्दानी अनुपात ४४।५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४३ पैसा रहेको तथ्यांकले जनाएको छ । त्यस्तै, ५० करोड २८ लाख रुपैयाँ चुक्ता पुँजि रहेको बैंकको जगेडा कोषमा १० करोड २७ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप २।८५ प्रतिशत बढेको छ भने कर्जा लगानी ३।३४ प्रतिशतले बढेकोे छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*