ग्लोबल आइएमई बैंकको मुनाफा सात अर्बमाथि, कति पाउलान लगानीकर्ताहरुले लाभांश ?

२१ श्रावण २०८०, आईतवार ०७:३८

काठमाडौं । देशकै सबैभन्दा ठूला बैंकभित्र पर्ने ग्लोबल आइएमई बैंकको वित्तिय विवरणमा प्रगति देखिएको छ । बैंक अफ काठमाडौंसँग मर्जर भई ५० प्रतिशत पुँजि बढाएको बैंकको अधिकांश वित्तीय सूचांकमा सुधार देखिएका छन् ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले खुद ब्याज आम्दानी १७ अर्ब ११ करोड ८२ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६६.३७ प्रतिशतले बृद्धि हो । त्यस्तै, फि तथा कमिशन बापत दुई अर्ब छ करोड पाँच लाख ५० हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

बैंकले सञ्चालन मुनाफा १० अर्ब कमाएको छ । सो रकममा कर तिर्दा सात अर्ब २५ करोड खुद नाफा भएको हो । बैंकको वितरणयोग्य मुनाफा भने जम्मा दुई अर्ब ९५ करोड ६९ लाख ५६ हजार रुपैयाँ मात्रै छ । ३५ अर्ब चुक्ता पुँजि भएको बैंकको वितरणयोग्य मुनाफाको आधारमा लगानीकर्ताहरुले ८ प्रतिशत हाराहारीमा मुनाफा वितण गर्न सक्ने देखिएको छ ।

खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको देखिएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २२.४८ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५२.४९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४४.२६ प्रतिशत बढेको छ ।

नाफा बढे पनि पुँजिमा भएको बृद्धिका कारण बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको इपिएस २० रुपैयाँ २८ पैसा छ । ग्लोबल आइएमई बैंकमा सर्वसाधारणको चार खर्ब २६ अर्ब रुपैयाँ निक्षेप जम्मा रहेको छ भने तीन खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

ग्लोबल आइएमई बैंकको सिईओ रत्नराज बज्राचार्य रहेका छन् भने अध्यक्ष चन्द्र प्रसाद ढकाल रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*