राष्ट्रिय वाणिज्य बैंकको नाफामा १४⁒ ले बृद्धि, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ ।
प्रकाशित गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अबधिको तुलनामा १४.५४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३२.९४ प्रतिशतले बढेर १२ अर्ब ३५ करोड रुपैयाँ पुुगेको छ । यसका साथै, यस अवधिमा बैंकको संचालन नाफा १८.७७ प्रतिशतले बढेर ६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड रुपैयाँ रहेका छ । जसका आधारमा बैंकले आफ्ना शेयरधनीहरुलाई यस वर्ष ११.५९ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको छ ।
बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ र जगेडा तथा कोषमा ३४ अर्ब ५८ करोड रुपैयाँ सञ्चित गरेको छ ।











