माण्डु हाईड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न
२१ श्रावण २०८०, आईतवार १९:००

काठमाडौं । माण्डु हाईड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ।
माण्डु हाईड्रोपावर लिमिटेडकोे नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको १,३६,३६४ कित्ता शेयर कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा बाँडफाँड सम्पन्न भएको हो ।
नेपाल सरकारको सम्बन्धित निकायवाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि १,५०० कित्ता सम्म आबेदन दिने १३,६३६ आवेदकहरुलाई १० कित्ता, र २० कित्ता देखि १,५०० कित्ता सम्म आवेदन दिने ५,६६५ जना मध्ये गोलाप्रथाबाट ४ जनालाई थप ४ कित्ता गरी जम्मा १,३६,३६४ कित्ता शेयर बाँडफाँड भएको हो ।












