कृषि विकास बैंकले सच्यायो वित्तीय विवरण, कुन सूचकमा भएको थियो त्रुटी ? 

२२ श्रावण २०८०, सोमबार १०:०१

काठमाडौं । कृषि विकास बैंकले आफ्नो अपरिस्कृत वित्तीय विवरणमा भएको त्रुटीलाई सच्याएको छ । बैंकले शनीबार प्रकाशित विवरणमा वितरणयोग्य आम्दानी प्रति शेयरको विवरण अन्यथा उल्लेख भएकोले आज भुल सुधार भन्दै विवरण सच्याएको हो ।

जस अनुसार बैंकले आर्थिक वर्ष २०७।८० को वितरणयोग्य आम्दानी प्रति शेयर १४ रुपैयाँ ९२ पैसा र आर्थिक वर्ष २०७८।७९ को वितरणयोग्य आम्दानी प्रति शेयर २६ रुपैयाँ ७० पैसा रहेको जनाएको छ ।

बैंकले शनीबार प्रकाशन गरेको विवरणमा भने आर्थिक वर्ष २०७९।८० को वितरणयोग्य आम्दानी प्रति शेयर १९ रुपैयाँ ८९ पैसा र आर्थिक वर्ष २०७८।७९ को वितरणयोग्य आम्दानी प्रति शेयर ३५ रुपैयाँ ६१ पैसा रहेको उल्लेख थियो ।

आर्थिक वर्ष २०७९।८० मा बैंकले ३ अर्ब ९ करोड खुद नाफा कमाएको छ भने वितरणयोग्य मुनाफा भने २ अर्ब रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*