धितोपत्र बोर्डद्धारा सम्पन्न क्यापिटललाई १० लाख जरिवाना

२२ श्रावण २०८०, सोमबार १७:५२

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्पन्न क्यापिटललाई १० लाख जरिवाना गरेको छ । बोर्डको नियम विपरित गएको भन्दै क्यापिटललाई नगद जरिवाना गराएको हो ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन,२०७६ को दफा १८(१) को व्यवस्थाको परिपालना नगरेकोले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७फ.को उपदफा (१) को खण्ड (ख) बमोजिम सम्पन्न क्यापिटललाई दश लाख रुपैयाँ जरिवाना गरिएको बोर्डले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*