नेपाल इन्फ्रास्ट्र्रक्चर्स इन्भेष्टमेन्टले हकप्रद बिक्री गर्ने, बुक क्लोज कहिले ?
२३ श्रावण २०८०, मंगलवार १४:५५

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले भदौ ७ गतेदेखि शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीको साउन ५ गते सम्पन्न भएको प्रथम विशेष साधारण सभाले सो हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको थियो । असोज १० गतेसम्म कम्पनीको हकप्रद शेयर बिक्रीमै रहने छ । सो को प्रयोजनका लागि कम्पनीले साउन ३० गते बुक क्लोज गर्ने जनाएको छ ।












