राष्ट्रिय स्तरका विकास बैंकहरु सबैले लाभांश दिन सक्ने, कुनले कति दिँदैछ ?

२३ श्रावण २०८०, मंगलवार १५:०३

काठमाडौं । लुम्बिनी विकास बैंकको लाभांश दिने क्षमता सबैभन्दा धेरै रहेको छ । बैंकको लाभांश दिने क्षमता ११.६१ प्रतिशत रहेको छ।दोस्रोमा साइन रेसुङ्गा बैंक रहेको छ। बैंकको लाभांश दिने क्षमता ११.३६ प्रतिशत छ ।

तेस्रोमा गरिमा विकास बैंक रहेको छ। बैंकको लाभांश क्षमता १०.७४ प्रतिशत रहेको छ। मुक्तिनाथ विकास बैंकको लाभांश क्षमता १०.०३ प्रतिशत रहेको छ ।

ज्योति विकास बैंक ५.१८ प्रतिशत, महालक्ष्मी विकास बैंक ८.०६, सांग्रिला डेभलपमेन्ट बैंकले ७.६१ र कामना सेवा विकास बैंक १.७७ प्रतिशत छ ।बैंकहरुको नाफामा आएको गिरावटको असर सेयरधनीले पाउने लाभांशमा पनि परेको वित्तीय अवस्थाले देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*