लघुवित्तले ग्राहक संरक्षण कोषमा जम्मा गर्ने रकम सामूहिक हित हुने कार्यमा मात्र खर्च गर्न पाउने

२३ श्रावण २०८०, मंगलवार १७:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त ग्राहक संरक्षण कोषमा जम्मा गर्ने रकम सामूहिक हित हुने कार्यमा मात्र खर्च पाउने व्यवस्था गरेको छ।

नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा लघुवित्त वित्तीय संस्थाहरुले ग्राहक संरक्षण कोषमा जम्मा गर्ने रकम खर्च गर्न पाउने कार्यहरुका बारेमा जानकारी गराएको हो।
जसअनुसार लघुवित्तले उक्त कोषमा जम्मा भएको रकम समस्यामा परेका ऋणीको व्यवसायको सुरक्षण एवं पुनस्र्थापना गर्न, ग्राहकको शिक्षा र क्षमता विकास गर्न, ग्राहकका सन्तानको विद्यालयस्तरको शिक्षा, स्वास्थ्य तथा पोषणजस्ता सामूहिक हित हुने कार्यमा मात्र खर्च गर्नुपर्दछ।

लघुवित्तले नाफाको केही हिस्सा ग्राहकको हितमा खर्च होस् भन्ने उद्देश्यले नाफाको १ प्रतिशत रकम र १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुने रकम अलग्गै ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*