कृषि विकास बैंकलाई शेयर चलखेल गरेको आरोप, धितोपत्र बोर्डद्वारा सचेत पत्र जारी, स्पष्टीकरणको आधारमा छानविन गर्ने तयारी

२५ श्रावण २०८०, बिहीबार ११:३६

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कृषि विकास बैंकलाई सचेत पत्र पठाएको छ । कृषि विकास बैंकले शेयर बजार प्रभावित गरेको भन्दै बोर्डले बैंकलाई सचेत पत्र सहित सपष्टिकरण सोधेको छ । बोर्डमा लगानीकर्ताहरुले बजार चलखेल गर्ने काम भएको भन्दै बैंकले २३ गते कृषि विकास बैंकलाई सचेत पत्र पठाएको सुपरिवेक्ष विभागले जनाएको छ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरणमा कृषि विकास बैक को आ.व. २०७९÷०८० को चौथो त्रैमासिक वित्तिय विवरणमा वितरणयोग्य प्रतिशेयर आम्दानी १९.८९ प्रतिशत रहेको गलत तथ्याङ्ग सम्प्रेषण गरी पुनःसच्चाइएको प्रकाशित विवरणमा वितरणयोग्य प्रतिसेयर आम्दानी १४.९२ प्रतिशत रहेको घटनालाई लिएर बोर्डले सपष्टिकरण सोधेको हो। बैंकको स्पष्टिकरण बोर्डमा आएपछि आवश्यक छानविन हुने बोर्डले जनाएको छ।

यस बिषयमा लगानीकर्ताहरुले आफूलाई झुक्काउने काम भएको भन्दै चर्को आलोचना समेत गरेको थियो । बैंकले वित्तिय विवरण सार्वजनिक गरेको दोस्रो दिनपछि भुलसुधार सहित राष्ट्रिय दैनिक पत्रिकामा बैंकको प्रतिसेयर आम्नदानी १४.९२ प्रतिशतमात्रै रहेको खुलाएको थियो ।
गत आर्थिक वर्षमा बैंकले २ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ भने उक्त अवधिमा बैंकको चुक्ता पुँजी १३ अर्ब ४५ करोड १६ लाख रुपैयाँ छ।
कम्पनीको शेयर मूल्य उच्च भएको भन्दै दोस्रो बजारमा बैंकको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । बैंकको सेयर मूल्य प्रतिकित्ता २ सय ५३ रुपैयाँबाट २ सय ७३ रुपैयाँ २० पैसा कायम भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*