इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

२५ श्रावण २०८०, बिहीबार १२:३७

काठमाडौं । इन्फिनिटी लघुवित्तले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २० हजार ८८६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित सूचना प्रकाशित मितिले ३५ दिनभित्र केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

साथै, उक्त समयावधिभित्र शेयर खरिदका लागि शेयरधनीहरुको आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने संस्थाले सूचनामा उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*