ग्लोबल आइएमई बैंकले संचालनमा ल्यायो स्मार्ट अडियो डिभाइस

२५ श्रावण २०८०, बिहीबार १४:२५

काठमाडौं । ग्लोबल आइएमई बैंकले स्मार्ट अडियोद्वारा भ्वाइस मेसेजबाट क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टि गर्नका लागि साउन्ड बक्स र एलईडी डिस्प्लेसहितको सेवा सञ्चालनमा ल्याएको हो ।

ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै बैंकले यस्तो व्यवस्था ल्याएको हो । यस योजनासँगै ग्लोबल आईएमई बैंकका ग्राहकले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टीकरण एलईडी बोर्डमा रहेको साउन्ड बक्सले भुक्तानी पुष्टी गर्ने भ्वाइस मेसेज दिने बैंकले जनाएको छ ।

यस सुविधाले ग्राहक र व्यापारीका लागि सम्पूर्ण प्रक्रियालाई सुविधाजनक बनाउने विश्वास बैंकले लिएको छ । जसबाट व्यापारी तथा ग्राहकलाई माबाइल फोनमा भुक्तानी प्राप्त भएको मेसेजका निमित्त कुर्नुपर्ने समस्या नरहने बैंकले जनाएको छ । साथै, यसबाट व्यापारीलाई भुक्तानी आवेदनको पुष्टीकरण निर्भरतासमेत घटाउने बैंकले उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*