किसान लघुवित्त र कालिका लघुवित्तलाई दाजेर हेर्दाः कुन सूचकमा को अब्बल ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा अधिकांश लघुवित्त संस्थाहरुको मुनाफामा गिरावट आएको छ । हालसम्म गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका करिब १० लघुवित्त संस्थाहरुमध्ये अधिकांशको मुनाफामा गिरावट आएको छ ।
किसान र कालिका लघुवित्त लघुवित्त संस्थाहरुको तुलनात्मक अध्ययन गर्दा अधिकांश सूचकमा किसान लघुवित्त वित्तीय रुपमा अब्बल देखिएको छ ।
अधिकांश लघुवित्त संस्थाहरुको यस अवधिसम्म खराब कर्जा अनुपात (एनपीएल)बढ्न पुगेका कारण संस्थाहरुको मुनाफामा पहिरो आएको हो । संस्थाहरुको संचालन मुनाफा घटेसँगै इम्पेयरमेन्ट चार्ज समेत बढ्न पुगेको देखिएको छ । यसकारण पनि लघुवित्तहरुको नाफा अघिल्लो वर्षको तुलनामा प्रभावित बन्न पुगेको हो ।

चुक्तापुँजीको आधारमा
चुक्तापुँजीमा सबैभन्दा बढी अब्बल किसान लघुवित्त नै रहेको छ । किसानको यस अवधिसम्म चुक्तापुँजी ५० करोड ४३ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कालिका लघुवित्तको ३७ करोड २३ लाख रुपैयाँ रहेको छ ।
खुद ब्याज आम्दानी
लघुवित्त संस्थाहरुले बैंक तथा वित्तीय संस्था सापटी लिई वा सदस्यहरुबाट निक्षेप संकलन गरी सोही रकम कर्जा लगानी गरेका हुन्छन् । सोही कर्जा लगानीबाट लघुवित्तहरुले ब्याज आम्दानी गरी नाफा आर्जन गरेका हुन्छन् । यसअनुसार गत आर्थिक वर्षमसान्तसम्म सबैभन्दा बढी ब्याज आम्दानी आर्जन गर्ने कम्पनीमा किसान लघुवित्त नै रहेको छ । यस अवधिमा किसान लघुवित्तले २५ करोड ७० लाख र कालिका लघुवित्तले २५ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।
जगेडा कोषको आधारमा
बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय विवरणमा जगेडा कोष सूचक छुट्याएका हुन्छन् । भविष्यमा हुन सक्ने जोखिमाङ्कन गर्नका लागि संस्थाहरुले जगेडा कोषमा केही प्रतिशत रकम संचित गरेका हुन्छन् । यसैको आधारमा गत आवको चौथो त्रैमाससम्म सबैभन्दा बढी जगेडा कोषमा रकम संचित गर्ने संस्थामा चाँही कालिका लघुवित्त रहेको छ । संस्थाले सो अवधिसम्म जगेडा कोषमा ११ करोड १३ लाख ८२ हजार र किसान लघुवित्तले ११ करोड १२ लाख ३५ हजार संचित गरेको छ ।
प्रतिशेयर आम्दानीको आधारमा
लघुवित्त संस्थाहरुको प्रतिशेयर आम्दानी (इपीएस) र प्रतिशेयर नेटवर्थ वार्षिकीरुपमा परिणत हुने गर्दछ । वार्षिक रुपमा संस्थाहरुको इपीएस र नेटवर्थको मात्रै कम्पनीको शेयरमूल्यमा भ्यालुएशन हुने गर्दछ । संस्थाहरुको प्रतिशेयर आम्दानीले शेयरमूल्यमा प्रभाव पर्न जान्छ भने यता नेटवर्थले शेयरमूल्यको भ्यालुएसन गर्ने गर्दछ ।
सो अवधिसम्म सबैभन्दा कालिका लघुवित्तको रहेको छ । कालिका लघुवित्तको ईपीएस १२.४२ रुपैयाँ र किसान लघुवित्तको २.७ रुपैयाँ रहेको छ ।
सञ्चालन र वितरणयोग्य मुनाफा
समिक्षा अवधिमा सञ्चालन मुनाफा र वितरणयोग्य मुनाफामा कालिका लघुवित्त अगाडी रहेको छ । यस अवधिमा कालिका लघुवित्तले सञ्चालन मुनाफा मार्फत ६ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । सो अवधिमा संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ६० लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, समिक्षा अवधिमा किसान लघुवित्तले सञ्चालन मुनाफा १ करोड ९४ लाख रुपैयाँ आर्जन गरेको छ । संस्थाको वितरणयोग्य मुनाफा २ करोड ३१ लाख रुपैयाँ रहेको छ ।











