सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा

२५ श्रावण २०८०, बिहीबार १९:३०

काठमाडौं । । सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरिएको छ।योजना व्यवस्थापक तथा डिपोजिटरीले आर्थिक वर्ष २०७९–८०का लागि सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरेको हो। यो योजनाका इकाइधनीहरुलाई करसहित १६ प्रतिशत नगद प्रतिशत वितरण गरिने क्यापिटलले जनाएको छ। जसअनुसार १३ करोड ७६ लाख रुपैयाँ इकाइधनीहरुलाई वितरण गरिनेछ।

यो प्रतिफल वितरणार्थ बुक क्लोजको मिति भने छिट्टै प्रकाशित गरिने क्यापिटलले जनाएको छ।

कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक रहेको यो योजनाले विगत ३ वर्षमा इकाइधनीहरुलाई ६९ प्रतिशत लाभाशं वितरण गर्न सफल भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*