शेयर कारोबारबाट बैंकहरुलाई ६ अर्ब आम्दानी, १७ को घट्यो, तीनको मात्रै बढ्यो, अन्यको अवस्था कस्तो ?नेट ट्रेडिङ इनकमको सूची सहित

काठमाडौं । वाणिज्य बैंकहरुले धितोपत्र (शेयर) मा गरेको लगानीबाट एक बर्षमा ६ अर्ब कमाएका छन् । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमाससम्ममा वाणिज्य बैंकहरुको शेयर कारोबारबाट हुने आम्दानी ७ प्रतिशतले घटेको छ ।
गत आर्थिक बर्षको असार मसान्तमा बैंकहरुले ६ अर्ब ८६ करोड ४५ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेका थिए । चालु आवको सोही अवधिमा अघिल्लो आवको तुलनामा ६।८७ प्रतिशतले घटेर ६ अर्ब ३९ करोड २८ लाख ६ हजार रुपैयाँमा कायम भएको छ।
बजार स्थिर नरह्दा बैंकको नेट ट्रेडिङ आम्दानी घटेको देखिएको छ। यस अवधिसम्ममा तीन वटा बैंकको मात्रै सेयर बजारमा गरेको लगानीबाट हुने आम्दानी बढेको छ । बाँँकिको घटेको छ ।
असार मसान्तसम्मम नेपाल एसबिआई बैंक, प्रभु बैंक र माछापुच्छ्रे बैंकको सेयर कारोबारबाट हुने आय बढेको छ भने बाँकी बैंकको घटेको छ ।
नेपाल एसबिआई बैंकले सेयर कारोबारबाट ३३ करोड ३८ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिममा २६ करोड ४२ लाख ८१ हजार रुपैयाँ थियो । यो अवधिमा यस्तो आय २६।३४ प्रतिशतले बढेको छ ।
यस्तै प्रभु बैंकको २८ करोड १२ लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा १२।७४ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा २४ करोड ९४ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।
माछापुच्छ्रे बैंकको नेट ट्रेडिङ इनकम ३७।६२ प्रतिशतले बढेर २९ करोड ८१ लाख ७२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा २१ करोड ६६ लाख ५० हजार रुपैयाँ थियो ।
असार मसान्तसम्मको वित्तीय अवस्थाअनुसार सबैभन्दा बढी नेट ट्रेडिङ इनकम गर्नेमा कृषि विकास बैंक छ । अर्बभन्दा बढी नेट ट्रेडिङ इनकम गर्नेमा कृषि विकास बैंक मात्रै छ । अन्य बैंकको अर्ब भन्दा कम छ । बैंकले १ अर्ब ५ करोड ७१ लाख ५४ हजार रुपैयाँ छ । अघिल्लो आवको सोही अवधिको तुलनामा २३ करोड २४ लाख ५८ हजार रुपैयाँ नोक्सानमा थियो । अहिले भने बढेको छ ।
नबिल बैंकको १४।१९ प्रतिशतले घटेर ४८ करोड ४७ लाख ७६ हजार, ग्लोबल आइएमई बैंकको २०।१२ प्रतिशतले घटेर ४७ करोड ४६ लाख १ हजार, नेपाल इन्भेष्टमेन्ट बैंकको २३।९२ प्रतिशतले बढेर ५० करोड ७६ लाख ३७ हजार, एनआईसी एशिया बैंकको २६।८२ प्रतिशतले १४ करोड ७० लाख ३७ हजार, स्टयान्डर्ड चार्टर्ड बैंकको नेट टे्रडिङ इनकम ११।४५ प्रतिशतले घटेर ५८ करोड २१ लाख ४७ हजार रुपैयाँ छ ।
यस्तै एनएमबि बैंकको १३।२६ प्रतिशतले घटेर २३ करोड ६२ लाख ८५ हजार, प्राइम बैंकको ३४।९५ प्रतिशतले घटेर १५ करोड ३ लाख ५१ हजार, लक्ष्मी सनराइज बैंकको २०।९० प्रतिशतले घटेर २१ करोड ४१ लाख ७ हजार, कुमारी बैंकको ५।८३ प्रतिशतले घटेर ३५ करोड ५८ लाख १८ हजार, हिमालयन बैंकको ६०।१४ प्रतिशतले बढेर ३८ करोड २५ लाख ९९ हजार, एभरेष्ट बैंकको ३८।९६ प्रतिशतले घटेर १८ करोड २७ लाख ८४ हजार रुपैयाँ नेट ट्रेडिङ इनकम छ ।
त्यस्तै, नेपाल बैंकको नेट ट्रेडिङ इनकम ६०।३१ प्रतिशतले घटेर ७ करोड ८६ लाख ४२ हजार, सिद्धार्थ बैंकको ५६।७१ प्रतिशतले घटेर १९ करोड १७ लाख ३६ हजार, सानिमा बैंकको २५ करोड ४४ लाख ५२ हजार रुपैयाँ छ भने सिटिजन्स बैंकको १८।७५ प्रतिशतले घटेर १८ करोड २२ लाख ३ हजार रुपैयाँ छ । राष्ट्रिय वाणिज्य बैंकको नेट ट्रेडिङ इनकम २८ लाख ५० हजार रुपैयाँ घटेको छ ।
राष्ट्र बैंकले चुक्ता पुँजीको १ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने सुविधा बैंकहरुलाई दिएको छ । बैंकहरुले सो सुविधामार्फत् सेयर बजारमार्फत् गरेको लगानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्छ । बैंकहरुले राष्ट्र बैंकको प्रावधानमा रहेर सेयरमा गरेको लगानी बाहेक सेयर खरिदबिक्री गरी कमाएको आम्दानी अन्य सञ्चालन नाफामा राख्ने गर्दछन्













