म्युचुअल फण्डलाई दिएको कोटा हटाउँदै धितोपत्र बोर्ड, सर्वसाधारणले पाउने न्यूनतम थ्रेस होल्ड बढाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सामूहिक लगानी कोष (म्युचुअल फण्ड)लाई दिइँदै आएको ५ प्रतिशत कोटा हटाउने बताएका छन् ।म्युचुअल फन्डले बजार विकासमा जुन रुपमा सहयोग गर्नुपर्ने हो, त्यो नगरेपछि कोटा हटाउन लागिएको बोर्डले जनाएको छ।
लगानीकर्तालाई बढीभन्दा बढी लगानीको वातावरण दिनका लागि कोटा हटाउनुपर्ने देखिएको अध्यक्ष हमालको भनाइ छ ।धितोपत्र बोर्डले चालू आर्थिक वर्षको बजेट निर्माणका लागि गत वर्ष अर्थ मन्त्रालयलाई बजेटमा राख्ने सुझाव पठाउने क्रममा पनि म्युचुअल फन्डलाई दिँदै आएको कोटा हटाउन सुझाव दिएको थियो । उक्त निर्णय अनुसार नै हटाउने तयारी गरेको बार्डले जनाएको छ।
सेयर बजारको ज्ञान नभएका लगानीकर्तालाई लगानी सुरुवात गर्ने माध्यमको रुपमा म्युचुअल फन्डलाई लिइन्छ । बजारका बारेमा कम ज्ञान भएका लगानीकर्ता जो दोस्रो बजारमा जान सक्दैनन्, उनीहरुले म्युचुअल फन्डमा सुरक्षित लगानी गर्न सक्छन् । त्यसैले फन्डलाई हरेक कम्पनीको प्राथमिक निष्कासनको ५ प्रतिशत सेयर छुट्याइएको छ ।‘सर्वसाधारणलाई छुट्याउने गरेको १० प्रतिशतलाई बढाउने हो भने लगानीकर्तालाई बढीभन्दा बढी लगानी गर्ने वातावरण सिर्जना हुनेछ, बोर्डको भनाई छ ।
बोर्डले रोजगारीका क्रममा विदेशमा रहेका नेपालीका लागि १० प्रतिशत कोटा दिने नीति कार्यान्वयनमा ल्याइसकेको छ । तर, फन्डलाई दिँदै आएको आरक्षण हटाएको छैन ।
सेयर बजारको ज्ञान नभएका लगानीकर्तालाई लगानी सुरुवात गर्ने माध्यमको रुपमा म्युचुअल फन्डलाई लिइन्छ । बजारका बारेमा कम ज्ञान भएका लगानीकर्ता जो दोस्रो बजारमा जान सक्दैनन्, उनीहरुले म्युचुअल फन्डमा सुरक्षित लगानी गर्न सक्छन् । त्यसैले फन्डलाई हरेक कम्पनीको प्राथमिक निष्कासनको ५ प्रतिशत सेयर छुट्याइएको छ ।
सर्वसाधारणले पाउने न्यूनतम थ्रेस होल्ड भने बढाउने तयारी गरीरहेको स्रोतले जनाएको छ।साथै बोर्डले ठूल्ठूला कम्पनीले सर्वसाधारणका लागि १० प्रतिशत मात्रै सेयर निष्कासन नगरुन् भन्ने हेतुका साथ मिनिमम थ्रेस होल्ड बढाउने तयारीमा समेत लागेको छ ।













Mutual funds no good.
Maybe the mutual funds are no good.
Mitual found bhaneko bank ko kam ma ayogya bank ka aase pase bharti garne thulo rakamko joho gari baseka dalal matra hun.surwati samayama gareka pratibaddata 10 % pani pura garna sakdainan.yesale secondary market movement check & balance garna sakdinan/ fix deposit ma rakhne matra hun.mero 5 lakh ko sampati ahile bechnu paryo bhane 2.4 lakh ni chhain.cash divedent 10 % pani pyeko chhain.ahile ta kunai pani bharne gardin ma ta.
Mutual funds le scame garako ….yeniharu roe pani worst
…..public lai dida ramaro huncha mutual funds ki kota