४ सय रुपैयाँ मुनि नै किन्न पाइन्छ ११ फाइनान्स कम्पनीको शेयर, सर्वाधिक मूल्य साढे ५ सय रुपैयाँमाथि, कुनको कति ? (एलटीपीसहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिनसम्म १५ फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । बिहीबारसम्म दोस्रो बजारमा कारोबार भएका कम्पनीहरुको शेयरमूल्य ९ वटा घटेको र ६ वटा बढेको देखिएको छ ।
यो साता कारोबारको अन्तिम दिनमा शेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ५.१३ अंकले बढेर २०६६.०५ को विन्दुमा कायम भएको छ ।शेयर बजार सामान्य अंंकले बढेतापनि नेप्सेमा फाइनान्स उपसूचक चाँही घटेको छ । फाइनान्स उपसूचक घटेसँगै अधिकांश फाइनान्स कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ ।
शेयरमूल्यको आधारमा
यो साता शेयर बजारमा कारोबार भएका फाइनान्स कम्पनीहरुमध्ये गोर्खाज फाइनान्सको शेयरमूल्य सर्वाधिक रहेको छ । यो साता अन्तिम कारोबारमा कम्पनीको शेयर कारोबार प्रतिकित्ता ५५० रुपैयाँमा किनबेच भएको छ ।
दोस्रो नम्बरमा रहेको मन्जुश्री फाइनान्सको कारोबार ५२३ रुपैयाँ र आइसीएफसी फाइनान्सको ४७९ रुपैयाँ तथा गूडविल फाइनान्सको ४६९ रुपैयाँमा शेयर कारोबार भएको पाएको छ । त्यस्तै, जानकी फाइनान्सको ३७९ रुपैयाँ, पोखरा फाइनान्सको ३६६ रुपैयाँ रहेको छ ।
यस साता कारोबार भएका फाइनान्स कम्पनीहरुमध्ये समृद्धि फाइनान्स, मल्टीप्रोपोज फाइनान्स र नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक कम रहेको छ ।

बृद्धिदरका आधारमा
यो साता कारोबार भएका १५ फाइनान्स कम्पनीहरुमध्ये बिहीबार नेपाल फाइनान्सको शेयरमूल्य १ दशमलव ८६ प्रतिशतले सर्वाधिक बढेको छ । त्यस्तै, यस अवधिमा पोखरा फाइनान्स, आइसीएफसी फाइनान्सको शेयरमूल्य घटेको छ ।












