सुन भनेर चिनिने लघुवित्तको शेयरमूल्य निरन्तर घट्दै, यस्तो छ पछिल्लो शेयरमूल्य (सूचीसहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिनमा शेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ५.१३ अंकले बढेर २०६६.०५ को विन्दुमा कायम भएको छ ।
शेयर बजार सामान्य अंंकले बढेतापनि नेप्सेमा माइक्रोफाइनान्स कम्पनीको उपसूचकमा भने सामान्य गिरावट आएको छ । माइक्रोफाइनान्स उपसूचक घटेसगै बिहीबार कारोबार भएका ५३ लघुवित्त कम्पनीहरुमध्ये अधिकांश कम्पनीको शेयरमूल्य घटेको छ ।
लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्ने समयमा शेयरमूल्य घट्नु भनेको लगानीकर्ताहरुलाई लगानी गर्ने अवसर हो ।
शेयरमूल्यको आधारमा
यो साता कारोबार भएका लघुवित्त कम्पनीहरुमध्ये आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी रहेको छ । बिहीबार कम्पनीको शेयरमूल्य प्रतिकित्ता मूल्य २१ सय रुपैयाँमा किनबेच भएको छ ।
दोस्रो नम्बरमा रहेको नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य प्रतिकित्ता १ हजार ९१५ रुपैयाँ र तेस्रो नम्बरमा रहेको महिला लघुवित्तको शेयरमूल्य १ हजार ९११ रुपैयाँमा खरिद बिक्री भएको छ ।
त्यस्तै, शेयरमूल्यका आधारमा जिवन विकास लघुवित्तको शेयरमूल्य प्रतिकित्ता १ हजार ५०३ रुपैयाँ, जाल्पा सामुदायिक लघुवित्तको १ हजार ३४७ रुपैयाँ, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको १ हजार २२७ रुपैयाँ रहेको छ ।
यसका साथै, सिवाइसी लघुवित्तको शेयरमूल्य प्रतिकित्ता १ हजार २११ रुपैयाँ, बिपिडब्लु लघुवित्तको १ हजार ९७ रुपैयाँ र यी बाहेक अन्य कम्पनीहरुको शेयरमूल्य प्रतिकित्ता ११ सय रुपैयाँभन्दा मुनी रहेको छ ।













