नागरिक लगानी कोषको मुनाफा बढेपनि प्रतिशेयर आम्दानी घट्यो

२८ श्रावण २०८०, आईतवार १०:१२

काठमाडौं।  नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कोषको खुद नाफा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कोषले ९० करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६।७४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले ६६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेसँगै कोषको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १२।५१ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १०।४९ प्रतिशत बढेको छ। त्यसैगरी, कोषको कुल आम्दानी ११।३० प्रतिशत बढेको छ भने कुल खर्च ०।१९ प्रतिशत घटेको छ।

नाफा बढेपनि कोषको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कोषको यस्तो आम्दानी ३ रुपैयाँ २२ पैसा घटेर १७ रुपैयाँ ८ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कोषको प्रतिशेयर आम्दानी घट्न पुगेको हो। अ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*