स्वाभिमान लघुवित्तको मुनाफा ४६ प्रतिशतले घट्यो, अन्य वित्तिय सूचक कस्तो ?

२८ श्रावण २०८०, आईतवार १३:२१

काठमाडौं । स्वाभिमान लघुवित्तको मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा घटेको छ। गत अािर्थक बर्षको तुलनामा लघुवित्तको मुनाफा ४६ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २ करोड १६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ३ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६.१६ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी ३१.३२ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १४.७४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३०.३४ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.११ प्रतिशतबाट बढेर २.९६ प्रतिशत पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ८७ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ७७.७७ गुणा रहेको छ।

१४ करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ६ करोड ५८ लाख रुपैयाँ सञ्चित छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*