नेप्सेमा दोहोरो अंकको सुधार, उपसूचकको अवस्था कस्तो ?

२८ श्रावण २०८०, आईतवार १५:०६

काठमाडौं । साता काराबारको पहिलो दिन आइतबार नेप्सेमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्सेमा सुधार देखिएसँगै ९ उपसूचकमा हरियाली छाएको छ ।

आइतबार नेप्से सूचकांक १४ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत कुल २७१ कम्पनीको ९७ लाख  १८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १ करोड ८४ लाख ६० हजारको कारोबार भएको छ ।

बजार बढेसँगै आज ९ उपसूचकमा पनि हरियाली छाएको छ । आज निर्जीवन बीमा उपसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ भने दोस्रोमा होटल तथा पर्यटन उपसूचक १.८७ प्रतिशतले बढेको छ । त्यस्तै आज माइक्रोफाइनान्स उपसूचक सर्वाधिक ०.३५ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*