अप्पर लोहोरे हाइड्रोपावरको आईपीओ बाँडफाँड कहिले ?

२८ श्रावण २०८०, आईतवार १६:०८

काठमाडौं ।  लोहोरे हाइड्रोपावरको सोमबार साँझ ५ बजे बत्तीसपुतलिमा आईपीओ बाँडफाँड हुने भएको छ ।

सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ मा अन्तिम दिनसम्ममा १३ लाख ४३ हजार २६ आवेदकबाट १ अर्ब ५१ करोड ३२ लाख २१ हजार रुपैयाँले १ करोड ५१ लाख ३२ हजार २१० कित्ता शेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ ।

कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने ३९ हजार ७६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको शेयर सहित कुल १९ लाख ५३ हजार २७९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन  गरेको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*