दोस्रो बजारमा प्रवेश गरेको दिनमै घोराही सिमेन्टमा बिक्रीकर्ताको चाप, कुन ब्रोकरबाट कति भयो शेयर कारोबार ?

काठमाडौं । दोस्रो बजारमा आजदेखि एकीकृत कारोबार शुभारम्भ गरेको घेराही सिमेन्टको शेयर मूल्य सर्वाधिक घटेको छ। कम्पनीको शेयर बिक्रिको चाप भने उच्च देखिएको छ। कारण कम्पनीको शेयर मूल्य निरन्तर घट्ने आंशकाको कारण लगाानीकर्ताहरुले बेच्नतर्फ ध्यान दिएको कारण बिक्रिकर्ताको उच्च चाप बढेको शेयर बिश्लेषकहरु बताँउछन् ।
स्टक ब्रोकर ४५० इम्पेरियल सेक्युरिटिजबाटघोराही सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यो ब्रोकर हाउसबाट घोराही सिमेन्टको ४१ हजार ४६३ कित्ता सेयर खरिद भएको छ।
त्यस्तै, क्रिस्टल कञ्चनजंघा ९सेक्युरिटिन स्टक ब्रोकर नं। ५०० घोराही सिमेन्टको धेरै सेयर खरिद गर्ने तेस्रो ब्रोकर बनेको छ। यो ब्रोकरबाट ३१ हजार ८७२ कित्ता सेयर खरिद भएको छ।
घोराही सिमेन्टको धेरै सेयर बिक्री गर्ने ब्रोकरमा दक्षिणकाली सेक्युरिटिज ९स्टक ब्रोकर नं। ३३० पहिलो स्थानमा रहेको छ। यो ब्रोकरबाट ४० हजार २३४ कित्ता सेयर बिक्री भएको छ। त्यस्तै एबीसी सेक्युरिटिज ९स्टक ब्रोकर नं। १७० बाट घोराही सिमेन्टको ३३ हजार ४८२ कित्ता बिक्री भएको छ भने अनलाइन सेक्युरिटिज स्टक ब्रोकर नं। ४९०बाट २७ हजार ५२६ कित्ता सेयर बिक्री भएको छ।












