अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड आज

२९ श्रावण २०८०, सोमबार ०६:१३

काठमाडौं। अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ आज बाँडफाँड हुँदैछ ।

विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले सोमवार साँझ ५ बजे बत्तीसपुतलीस्थित काजीको किचनमा आईपीओ बाँडफाँटको कार्यक्रम तय गरेको हो । कम्पनीले सर्वसाधारणमा साउन १८ गतेदेखि २२ गतेसम्म आईपीओ विक्री गरेको थियो । साउन २६ गते आईपीओको प्रि–अलोटमेन्ट सम्पन्न गरिसकेको जानकारीसमेत विक्री प्रबन्धकले दिएको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ । जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशतले हुन आउने २४ लाख ९८ हजार ४० कित्ता आईपीओ विक्री गर्न अनुमति पाएका कम्पनीले कुल कित्तामध्ये १ लाख ९८ हजार ८२४ कित्तो वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा र २ लाख ६ हजार ७६० कित्ता आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरेको हो । स्थानीयका लागि ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ छुट्याइएकोमा सम्पूर्ण कित्ता भने वितरण हुन सकेन ।

स्थानीयमा वितरण हुन नसकेको समेत थप गरी सर्वसाधारणमा १९ लाख ५३ हजार २७९ कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*