नेष्डो समृद्ध लघुवित्तको मुनाफा साढे १४ करोड रुपैयाँमाथि, ईपीएस ५७ रुपैयाँ हुँदा अन्य सूचक कस्ता ?

२९ श्रावण २०८०, सोमबार १०:१८

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्तिम वित्तीय विवरण आज सार्वजनिक गरेको छ । संस्थाले समिक्षा अवधिमा १४ करोड ६७ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २० करोड ६१ लाख बढी थियो ।

२० करोड ९६ लाख बढी सञ्चालन मुनाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा ३८ करोड ११ लाख बढी खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको खूद ब्याज आम्दानी ३९ करोड २२ लाख रुपैयाँ रहेको थियो ।

२५ करोड रुपैयाँ चुक्तापूँजी रहेको यस लघुवित्तले समिक्षा अवधिमा १० करोड ४९ लाख ८१ हजार बढी रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो हिसाबले कम्पनीले समीक्षा अवधिका लागि ४१ प्रतिशतको लाभांश क्षमता बनाएको छ । अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले इम्पेयरमेन्ट चार्जको रुपमा २ करोड ५१ लाख रुपैयाँ छुट्याउनुपरेकोमा यो वर्ष त्यस्तो चार्ज बढेर ६ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा यो कम्पनीले २ अर्ब ५४ करोड बढी निक्षेप संकलन गरी तथा १५ करोड सापटी लिई ३ अर्ब ६५ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५२ करोड बढी निक्षेप संकलन गरी तथा १५ करोड नै सापटी लिई ४ अर्ब २५ करोड बढी कर्जा परिचालन गरेको थियो ।

समीक्षा अवधिका लागि यो कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस) ५७ रुपैयाँ ५५ पैसा रहेको छ । विषम परिस्थितिमा यति इपीएस निकै उत्साहजनक हो । कम्पनीको प्रतिसेयर नेटवर्थ ३२९.७२ रुपैयाँ, मूल्यआम्दानी अनुपात ३५.५२ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*