छिमेक लघुवित्तको मुनाफा १ अर्ब रुपैयाँ बढी, ब्याज आम्दानी १४ प्रतिशतले बृद्धि हुँदा अन्य सुचक कस्ता ?

२९ श्रावण २०८०, सोमबार १०:४६

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड खुद नाफामा उल्लेख्य बृद्धि गर्न सफल भएको छ । कम्पनीले आज गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको विवरण अनुसार समिक्षा अवधिमा लघुवित्तको खुद नाफा १२. ११ प्रतिशतले बृद्धि भई १ अर्ब ६ करोड १९ लाख रुपैयाँ पुुगेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ९४ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४.३२ प्रतिशत बढेर २ अर्ब ८५ करोड रुपैयाँ पुुगेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ११.८७ प्रतिशत बढेर ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । भने सञ्चालन मुनाफा ५.७१ प्रतिशत बढेको छ । सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा भने १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। लघुवित्तको प्रतिशेयर वितरणयोग्य मुनाफा ५१ रुपैयाँ १४ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.८३ प्रतिशतबाट बढेर १.७२ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज २१ करोडबाट बढेर ३४ करोड पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३० पैसा घटेर ३७ रुपैयाँ ४५ पैसामा झरेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २३८ रुपैयाँ २७ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात २२ गुणा रहेको छ ।

२ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३ अर्ब ९२ करोड ५ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले ३५ अर्ब २७ करोड ५ लाख निक्षेप तथा सापटीबाट ३२ अर्ब ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*