हिमाल दोलखा हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
२९ श्रावण २०८०, सोमबार १३:५३

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको जेठ २२ गतेदेखि असार २५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलामी बिक्रीमा ल्याएको थियो सो शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले सर्वसाधारण समूहतर्फको १५ लाख ७७ हजार २११ कित्ता शेयर लिलामीमा ल्याएको हो । सो शेयर खरिद गर्नका लागि शिलबन्दी बोलपत्र पेश गर्ने आज (साउन २९) अन्तिम दिन हो ।
शेयरको न्यूनतम मूल्य प्रतिशेयर १०० रुपैयाँ तोकिएको छ र लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । लगानीकर्ताले १०० कित्ता न्यूनतममा आवेदन दिन सक्नेछन भने अधिकतममा कुनै सिमा तोकिएको छैन ।
कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।













