दुई हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
२९ श्रावण २०८०, सोमबार १५:०७

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ५.०२ अंकले घटेर २०७५ को विन्दुमा कायम भएको छ ।
सोमबार शेयर बजार घटेतापनि दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज थ्रिस्टार हाइड्रोपावर, अप्पर स्याङ्गे हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, सोमबार सिवाइसी नेपाल लघुवित्त, इन्फिनिटी लघुवित्त, इमर्जिङ नेपाल लगायतका कम्पनीको शेयरमूल्य बढेको छ ।













