महुली लघुवित्तको खराब कर्जा बढेसँगै खुद मुनाफा र वितरणयोग्य मुनाफा घट्यो, लाभांश दिने क्षमता न्यून

२९ श्रावण २०८०, सोमबार १५:५१

काठमाडौं । गत आवको चौथो त्रैमाससम्म ११.९२ प्रतिशतले घटेर महुली लघुवित्तको खुद नाफा ५ करोड ६७ लाख ५९ हजारमा सिमित भएको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो नाफा ६ करोड ४४ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको खराब कर्जा ३.१३ प्रतिशले बढेर ४.६३ प्रतिशतमा पुगेपछि नाफामा प्रभाव परेको हो । अघिल्लो वर्षको सोही अवधिमा १.५० प्रतिशत मात्र खराब कर्जा रहेको थियो । कम्पनीको खुद ब्याज आम्दानी ११.४० र सञ्चालन नाफा २१.७४ प्रतिशतले घटेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी पनि ९ रुपैयाँ २६ पैसाले घटेर १७ रुपैयाँ ६१ पैसामा कायम भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ १३ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*